इमिग्रेसन सम्बन्धी ठगीहरूबाट बच्नुहोस्
इमिग्रेसन सम्बन्धी ठगीहरू र यी लगायत भिसा सम्बन्धी ठगीबाट आफूलाई कसरी जोगाउने भन्ने बारेमा सतर्क रहनुहोस्।
Protect yourself from immigration scams
- 保护自己免受移民诈骗
- ইমিগ্রেশন স্ক্যাম থেকে নিজেকে রক্ষা করুন
- 保護自己免受移民詐騙
- इमिग्रेसन सम्बन्धी ठगीहरूबाट बच्नुहोस्
- ਆਪਣੇ ਆਪ ਨੂੰ ਇਮੀਗ੍ਰੇਸ਼ਨ ਘੁਟਾਲਿਆਂ ਤੋਂ ਬਚਾਓ
- Puipui oe lava mai femalagaiga taufaasese
- Protektahan ang iyong sarili laban sa mga scam sa imigrasyon
- Malu‘i koe meí he ngaahi founga kākā faka‘imikuleisoní
- Bảo vệ bản thân để không bị lừa đảo về nhập cư
- امیگریشن فراڈ سے خود کو محفوظ رکھیں
- इमीग्रेशन (आप्रवासन) घोटालों से स्वयं को सुरक्षित रखें
- Taqomaki iko mai na ilawaki ca ni vakailesilesi lasu ni curuvanua
यदि तपाईं न्युजिल्याण्ड आउने भिसा प्राप्त गर्ने योजना बनाउँदै हुनुहुन्छ भने तपाईंको पैसा ठगी गर्ने वा तिनीहरूले प्रतिबद्धता गरेको काम नभई अरु नै काममा तपाईंलाई लगाउन सक्ने मानिसहरूबाट सतर्क रहनुहोस्।
ठगी वा भिसा सम्बन्धी ठगीहरूबाट बच्न सघाउने तपाईंले अपनाउन सक्ने कुरा वा कदमहरू तल दिइएका छन्।
यदि तपाईं पहिलेदेखि नै न्युजिल्याण्डमा काम गर्दै हुनुहुन्छ र आफ्नो शोषण भइरहेको छ जस्तो लाग्छ भने इमिग्रेसन न्युजिल्याण्ड (INZ) सँग सहयोग माग्न नडराउनुहोस्। हामी र इम्प्लोइमेन्ट न्युजिल्याण्डले तपाईंलाई मद्दत गर्न सक्दछ र आवश्यक परेमा कारबाही गर्न सक्छ।
ठगीका संकेतहरू थाहा पाउनुहोस्
यदि तपाईंले ठगीका यी संकेतहरू देख्नुभएमा रोकिनुहोस् र थप सावधानी अपनाउनुहोस्। प्रश्नहरू सोध्नुहोस् र आधिकारिक सल्लाह लिनुहोस्। तपाईं हामीसँग आफ्नो चिन्ताका बारेमा कुरा गर्न सक्नुहुन्छ।
तपाईंलाई आफ्नो कामको लागि पैसा तिर्न लगाइएको छ
यदि तपाईंलाई आफ्नो कामको लागि कहिलेकाँही यसलाई 'प्रोसेसिङ' वा 'प्लेसमेन्ट' शुल्क भनिने शुल्क तिर्न लगाइएको छ भने सावधान हुनुहोस्।
न्युजिल्याण्डका रोजगारदाताहरूले तपाईंलाई कामको लागि शुल्क लिन सक्दैनन् वा उनीहरूले कुनै पनि रिक्रुटमेन्ट खर्च तिर्न लगाउँदैनन्। यसमा अप्रत्यक्ष रूपमा तेस्रो पक्ष मार्फत लिने कुरा पर्छ जसले तपाईंलाई तिनीहरूलाई भुक्तानी गर्न माग गर्छन्।
यदि तपाईं निम्न कुरा प्रयोग गर्दै हुनुहुन्छ भने:
- रिक्रुटमेन्ट एजेन्सी, उनीहरूले तपाईंलाई सोझै तिराउन चाहने कुनै पनि उच्च शुल्कको बारेमा सावधान रहनुहोस्। रिक्रुटमेन्ट एजेन्सीले लगाउने कुनै पनि शुल्कले उनीहरूले तपाईंलाई प्रदान गर्ने सेवालाई दर्शाउनुपर्छ।
- कुनै इमिग्रेसन सल्लाहकार, तपाईंले तिनीहरूको सेवाहरूको लागि उचित मूल्य तिर्नुपर्छ।
इमिग्रेसन न्युजिल्याण्डले तपाईंलाई आवेदन शुल्क मात्र लिन्छ। मेडिकल पूरा गर्ने जस्तो तपाईंको आवेदनको लागि प्रमाणहरू सङ्कलन गर्दा तपाईंले खर्चहरू तिर्नुपर्ने हुनसक्छ।
आवेदनको प्राथमिकता र इमिग्रेसन अधिकृतहरू समक्ष पहुँच प्राप्त गर्ने
यस्तो ठगीबाट तपाईंको सल्लाहकार, एजेन्ट, परामर्शदाता वा अन्य तेस्रो पक्षले आफ्नो सम्पर्कको प्रयोग गरी काम गर्न सक्ने वा छिटो काम गर्ने ग्यारेण्टी दिन्छन्।
तपाईंले सल्लाहकार प्रयोग गर्नु पर्दैन। इमिग्रेसन न्युजिल्याण्ड:
- ले तपाईंसँग सल्लाहकार भएकै कारण तपाईंको आवेदनलाई प्राथमिकतामा राख्ने छैन र
- आफूसँग भएका सूचनाको मूल्यांकन गरेर इमिग्रेसन नियम अनुसार मात्र आवेदनहरूमा निर्णय लिन्छ
आवेदनको प्राथमिकता र इमिग्रेसन अधिकृतहरू समक्ष पहुँच प्राप्त गर्ने
यस ठगीमा तपाईंको सल्लाहकार, एजेन्ट, परामर्शदाता वा अन्य तेस्रो पक्षले तपाईंको आवेदनलाई प्राथमिकतामा राख्न उनीहरूसँग भित्री कुरा थाहा भएको वा इमिग्रेसन अधिकृतहरूसँग पहुँच भएको भन्नेछन्।
तपाईंले सल्लाहकार प्रयोग गर्नु पर्दैन।
यदि तपाईंले त्यसो गर्नु भएमा इमिग्रेसन न्युजिल्याण्डले तपाईंको आवेदनलाई प्राथमिकता दिने छैन। सल्लाहकारहरूले तपाईंलाई इमिग्रेसन प्रणाली नेभिगेट गर्नको लागि मात्र सहायोग गर्न काम गर्छन्।
तपाईंलाई झुटो बोल्न लगाइएको छ
कुनै काम वा भिसाको लागि योग्य हुनको लागि झुटो बोल्नु गैरकानूनी हुन्छ।
यदि तपाईंको सल्लाहकार वा अन्य तेस्रो पक्षले तपाईंलाई यसो गर्न सल्लाह दिएमा उनीहरूले कानून उल्लङ्घन गर्दैछन्। यो उनीहरूले अन्य इमिग्रेसन वा रोजगार सम्बन्धी कानूनहरू उल्लङ्घन गर्न सक्ने सङ्केत हो।
तपाईंले प्रदान गर्नुभएको जानकारी सत्य हुन जरुरी छ। तपाईंले दिनुभएको कुनै पनि गलत बयानहरूले तपाईंको हालको र भविष्यको भिसा आवेदनहरूलाई असर गर्नेछ।
तपाईंसँग न्युजिल्याण्डका स्थानीयहरूको जस्तो न्यूनतम रोजगारीको अधिकार छैन भनेर तपाईंलाई बताइएको छ
यो कुरा सत्य होइन। न्युजिल्याण्डमा आप्रवासीहरू लगायत प्रत्येक व्यक्तिसँग समान न्यूनतम रोजगारी अधिकारहरू छन्। यसमा तलबी बिदा र बिरामी बिदाको अधिकार र असुरक्षित कार्य अभ्यासहरूको बारेमा गुनासो गर्ने अधिकार पर्दछन्।
तपाईंसँग यो अधिकार छैन भन्ने मानिसहरूले इमिग्रेसन वा रोजगारीका कानूनहरू उल्लङ्घन गरिरहेका हुन सक्छन्।
तपाईंलाई आवास सुविधा सहितको प्याकेज सम्झौता प्रस्ताव गरिएको छ
न्युजिल्याण्डमा रोजगारी सहित आवासको सुविधा प्रदान गरिनु सामान्य कुरा होइन।
फार्ममा वा आवास प्रदायकको लागि काम गर्दा जस्ता केही परिस्थितिहरूमा मात्र यसले अर्थ राख्छ।
भिसा, काम र आवासको साथमा ‘प्याकेज’ प्रस्तावहरूको बारेमा सतर्क रहनुहोस् – स्क्यामरहरूले तपाईंलाई आवासको लागि अत्यधिक रकम असुल्ने प्रयास गर्न सक्छन्।
तपाईंलाई आवास सुविधाको प्रतिबद्धता दिइएको छ
न्युजिल्याण्डले अध्ययन र काम गर्ने उत्कृष्ट अवसरहरू प्रदान गर्छ। अस्थायी भिसाले तपाईंलाई यी अवसरहरूको अनुमति दिनेछ तर आवास सुविधा नै दिनेछ भनेर कुनै ग्यारेन्टी छैन।
स्क्यामरहरूले प्रायः आवास सुविधाको सम्भावना कत्तिको छ भनेर बढाइ-चढाई कुरा गर्छन्, आवास प्राप्त गर्न निश्चित सीप, अनुभव, योग्यता वा पेशाहरू आवश्यक पर्ने भएकाले सावधान रहनुहोस्।
भविष्यको आम्दानी, घर खरिद गर्ने वा सरकारी सहयोगमा पहुँच गर्ने प्रतिबद्धताहरू
तपाईंलाई प्रस्ताव गरिएका कुराहरूको आधारमा तपाईंले यहाँ आउने निर्णय गर्नुपर्छ, भविष्यमा गरिएका प्रतिबद्धताहरूको आधारमा होइन।
सामान्यतया: तपाईंसँग आवासीय भिसा नभएसम्म तपाईंले घर किन्न वा सरकारी आर्थिक सहयोगमा पहुँच गर्न सक्नुहुन्न। तपाईं अतिरिक्त पैसा कमाउन थप कामहरू गर्न सक्नुहुन्न।
तपाईंलाई सल्लाहकार प्रयोग गर्नुपर्छ भनेर भनिन्छ
तपाईंले भिसाको लागि आवेदन गर्न सल्लाहकार प्रयोग गर्न आवश्यक छैन। तपाईंले हाम्रो वेबसाइटमा भएको जानकारी प्रयोग गरेर भिसाको लागि आफैले आवेदन दिन सक्नुहुन्छ।
यदि तपाईंले सल्लाहकार प्रयोग गर्ने निधो गर्नुभयो भने लाइसेन्स प्राप्त अध्यागमन सल्लाहकार (LIA), न्युजिल्याण्डका प्रमाणित वकिल वा कानुनी रूपमा इमिग्रेसनको बारेमा सल्लाह प्रदान गर्न सक्ने अरू कसैलाई मात्र प्रयोग गर्नुहोस्। तपाईंले आफ्नो भाषा, स्थान र बजेटको आधारमा LIA हरू छनौट गर्न सक्नुहुन्छ।
तपाईंले आवेदन सम्बन्धी अपडेटहरू प्राप्त गरिरहनुभएको छैन
यदि तपाईंको सल्लाहकार वा तेस्रो पक्षले तपाईंलाई तपाईंको आवेदनको बारेमा अपडेट दिइरहेको छैन भने तपाईंले हाम्रो वेबसाइटमा गएर आवेदनहरू प्रोसेस गर्न कति समय लाग्छ भनेर पत्ता लगाउन सक्नुहुन्छ।
तपाईं जानकारी प्राप्त गरिरहनुभएको छैन भनेर चिन्तित हुनुहुन्छ भने तपाईंले आवेदन प्रमाणित गर्न हामीलाई सोझै फोन गर्न सक्नुहुन्छ।
तपाईंलाई शङ्कास्पद इमेल वाअध्यागमन न्युजिल्याण्ड भएको दाबी गर्ने वेबसाइट आउँछ
हामी अध्यागमन न्युजिल्याण्डका अनलाइन सेवाहरूको नक्कल गर्ने केही स्क्याम इमेल र वेबसाइटहरूको बारेमा अवगत छौं । तपाईंलाई नक्कली वेबसाइटहरूमा भिजिट गराउनको लागि चलाखी नगरिएको सुनिश्चित गर्नको लागि यी सेवाहरूको लागि हाम्रो आधिकारिक लिङ्कहरू प्रयोग गर्नुहोस् । तपाईं यसलाई वेबसाइट एड्रेसमा ठ्याक्कै '.immigration.govt.nz' समावेश भएको जाँच गरेर यसको पुष्टि गर्न सक्नुहुन्छ । स्क्याम वेबसाइट ठेगानाहरू समान देखिन सक्ने भएकोले सावधानीपूर्वक जाँच गर्नुहोस् ।
अध्यागमन न्युजिल्याण्डको आधिकारिक इमेल ठेगाना ‘immigration.govt.nz’ वा ‘mbie.govt.nz’ मा अन्त्य हुन्छ ।
तपाईंको अनलाइनको स्वामित्व (Own your online) मानिसहरूलाई साइबर सुरक्षाको बारेमा सिक्न मद्दत गर्न न्युजिल्याण्ड सरकार द्वारा स्थापित वेबसाइट हो । यसमा अनलाइन स्क्यामहरू कसरी पहिचान गर्ने भन्ने बारेमा थप मार्गदर्शन छ ।
तपाईंलाई आफ्नो भिसा शुल्क वा मेडिकल शुल्क बैङ्क खातामा भुक्तानी गर्न लगाइएको छ
हामी तपाईंलाई कहिल्यै पनि बैङ्क खातामा पैसा जम्मा गरेर भिसाको आवेदन शुल्क भुक्तानी गर्न लगाउने छैनौं । हामीले हाम्रो अनलाइन र कागजमा आधारित आवेदन फारमहरूको लागि डेबिट वा क्रेडिट कार्ड मार्फत मात्र भुक्तानी स्वीकार गर्छौं । यदि तपाईं न्युजिल्याण्ड बाहिर हुनुहुन्छ भने तपाईले स्वीकृत भिसा आवेदन केन्द्र (Visa Application Centre) मा पनि आफ्नो भिसाको लागि भुक्तानी गर्न सक्नुहुन्छ ।
स्वीकृत प्यानलका डाक्टरहरू र तपाईंको गृह देशमा दर्ता भएका अन्य डाक्टरहरूले मात्र अध्यागमन मेडिकलहरूको लागि भुक्तानी स्वीकार गर्न सक्छन् । हामीले कहिल्यै पनि तपाईंलाई मेडिकल जाँचहरूको लागि भुक्तानी गर्न लगाउने छैनौं । यी भुक्तानीहरू प्यानलको डाक्टर वा दर्ता गरिएको डाक्टरको क्लिनिकमा गर्नुपर्छ ।
ठगीबाट आफूलाई सुरक्षित राख्ने तरिकाहरू
- तपाईंले सल्लाहकार प्रयोग गर्नु पर्दैन। यदि तपाईंले सल्लाहकार प्रयोग गर्ने निधो गर्नुभयो भने लाइसेन्स प्राप्त अध्यागमन सल्लाहकार (LIA), न्युजिल्याण्डका प्रमाणित वकिल वा कानुनी रूपमा इमिग्रेसनको बारेमा सल्लाह प्रदान गर्न सक्ने अरू कसैलाई मात्र प्रयोग गर्नुहोस्।
- यदि तपाईं कुनै सल्लाहकार वा रिक्रुटमेन्ट एजेन्सी प्रयोग गर्न चाहनुहुन्छ भने तिनीहरूको शुल्कहरू जाँच गर्नु राम्रो कुरा हो जसबाट तपाईंलाई तपाईंले तिनीहरूको सेवाहरूको लागि उचित मूल्य प्राप्त गर्दै हुनुहुन्छ भन्ने थाहा हुन्छ।
- तपाईंले अध्यागमन न्यूजिल्यान्डको आधिकारिक अनलाइन सेवाहरूमा पहुँच गरिरहनुभएको कुरा निश्चित गर्नुहोस्। यसमा ठ्याक्कै ‘.immigration.govt.nz’ समावेश भएको सुनिश्चित गर्नको लागि सावधानीपूर्वक वेबसाइट एड्रेसको जाँच गर्नुहोस् वा हाम्रो वेबसाइट मार्फत हाम्रो सेवाहरूमा पहुँच गर्नुहोस् ।
- तपाईंको सम्भावित रोजगारदाता मान्यता प्राप्त भएको पुष्टि गर्नुहोस्। मान्यता प्राप्त रोजगारदाता कामदार भिसामा कामदारहरू नियुक्त गर्ने सबै रोजगारदाताहरू पहिले मान्यता प्राप्त हुनुपर्छ। तिनीहरूले हाम्रो अनलाइन सामग्री प्रयोग गरिरहेको कुरा पुष्टि गर्नुहोस्।
- तपाईंको सम्भावित रोजगारदातासँग अन्तरवार्ता जस्ता माध्यमबाट सोझै कुरा गर्नुहोस्। कुनै देशमा जानु ठूलो प्रतिबद्धता हो, त्यसैले तपाईं राम्ररी फिट हुनुहुन्छ भनेर सुनिश्चित गर्न आफ्नो सीपको बारेमा इमान्दार हुनुहोस्।
- यदि तपाईंलाई कुनै शंका भएमा हामीलाई सम्पर्क गर्नुहोस्। हामी तपाईंको भिसाका विकल्पहरू व्याख्या गर्न र तपाईंलाई कसैले बताएको जानकारी सही वा यथार्थ छ कि छैन भनेर सहयोग गर्न सक्छौं। हामी तपाईंलाई तपाईंको आवेदनको बारेमा जानकारी प्रदान गर्न सक्छौं। यदि अंग्रेजी तपाईंको पहिलो भाषा होइन भने, हामी तपाईंलाई दोभाषेसँग जोड्न सक्छौं।
- यदि सक्नुहुन्छ भने, न्युजिल्याण्डको उस्तै यात्रा गरेका तपाईंको देशका मानिसहरूलाई सोधेर थप अनुसन्धान गर्नुहोस्।
- यदि तपाईंको रोजगारदाताले आवास सुविधा प्रदान गरिरहेको छ भने, फोटोहरू माग्नुहोस् र भाडा सम्बन्धी सेवा वेबसाइटमा जानुहोस् र त्यस क्षेत्रमा रहेको सम्पत्तिको प्रकारको बजारको भाडा तुलना गर्नुहोस् र भाडावालको रूपमा तपाईंको अधिकारहरूको बारेमा थाहा पाउनुहोस्।
- जीवनयापन गर्न आवश्यक खर्च र स्वास्थ्य सेवाको पहुँच लगायत न्युजिल्याण्डको बारेमा थाहा पाउनुहोस्। हाम्रो लिभ एण्ड वर्क वेबसाइटमा उपयोगी जानकारी छ।
- न्युजिल्याण्डको कामदारको हैसियतमा तपाईंको रोजगार अधिकारहरूको बारेमा थाहा पाउनुहोस्। इम्प्लोइमेन्ट न्युजिल्याण्ड वेबसाइटमा थुप्रै भाषाहरूमा उपयोगी जानकारी र न्यूनतम अधिकार, जिम्मेवारीहरू र रोजगार समस्याहरू समाधान गर्न निःशुल्क सिकाइका मोड्युलहरू छन्।
- स्क्यामरहरूले कहिलेकाहीं नक्कली भिसा प्रदान गर्छन् । यदि कुनै एजेन्ट वा सल्लाहकारले तपाईंलाई न्यूजिल्याण्ड भिसा दिइएको छ भनेमा, तपाईंले हाम्रो भिसा प्रमाणीकरण सेवा (Visa Verification service) प्रयोग गरेर यो वास्तविक हो कि होइन भनेर जाँच गर्न सक्नुहुनेछ ।
- तपाईंको देशको स्थानीय निकायहरू जस्तै प्रहरीलाई स्क्यामहरूको रिपोर्ट गर्नुहोस् । यदि तपाईं न्यूजिल्याण्डमा हुनुहुन्छ भने तपाईं आफ्नो अनलाइन वेबसाइटमा अनलाइन स्क्यामहरूको रिपोर्ट गर्न सक्नुहुनेछ ।